सुर्खेतमा खानेपानीका टेक्निसियन २ लाख घूससहित पक्राउ

Posted on: 21 Feb, 2020

फागुन ९,सुर्खेत | सुर्खेतको  भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन २ लाख घूससहित पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो |

केसीले भेरीगंगा नगरपालिका ११ स्थित तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूसबापत सो रकम लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए |

उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको कोइरालाले बताए  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!