आज सुनको मूल्य घट्यो

Posted on: 25 Feb, 2020

फागुन १३, काठमाडौं | लगातार आज आकासिएको सुनको मूल्य आज मंगलबार घटेको छ | सोमबार हाल सम्मकै उच्च प्रतितोला ८० हजार ३ सय कायम भएको थियो | आज तोलामा रु ३ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ८० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मुल्य प्रतितोला ७९ हजार ७ सय कायम भएको छ | आज चाँदीको मूल्य भने स्थिर रहेको छ | प्रतितोला चाँदी ९ सय २५ मा कारोबार भइरहेको छ | लगातार सुनको मूल्य बढेसंगै सुन बिक्रि हुन् छोडेको व्यवसायीहरले बताएका छन् | 

पछिल्लो दुई साता देखि उकालो लागेको सुनको मुल्य मंगलबार आएर घटेको छ | चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रभावले गर्दा विश्वबजारमा सुनको मुल्य बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!