सरकारले माग्यो एक बर्ष पढाउँन १५ सय शिक्षक

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौँ | सरकारले शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन दिन आह्वान गरेको छ | स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले https://www.doe.gov.np/मा जागिरका लागि निवेदन दिन सक्ने छन् |

अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँनेछन् भने यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स)नचाहिने जनाइएको छ | आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी सुरू गरेको हो |

विद्यार्थीको संख्या देरै भएका विद्यालयमा उक्त विषयका शिक्षकलाई स्वयं सेवकको रुपमा राखिने भएको हो | स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार गरिसकेको छ | स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनु पर्ने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!