एन आई सी एशियाले 'वाल क्लाइम्बिङ'मा विशेष छुट दिने

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौं | एन आई सी एशिया बैंक लिमिटेड र अष्ट्रिक क्वाइम्बिङ वाल प्रा.लिसँग बैंकका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ |

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख  श्याम लामिछाने र  कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् | उक्त समझदारी अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्वाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ |

साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०% छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुने जनाएको छ । यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ |

बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याएको जनाएको छ | बैंकले डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २ सय वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछ |उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट हेर्न सक्नेछ |

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!