सानिमा बैंकका ग्राहकलाई एप्पलका सामान किन्दा छुट

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौँ | सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल प्राली (फ्युचर वल्र्ड) बीच एप्पलका प्रोडक्टमा छुट दिने सम्झौता भएको छ | आइफोन, आइप्याड, म्याकबुकलगायतका विभिन्न सामानमा सानिमा बैंकका ग्राहकलाई विषेश छुट दिने सम्झौता भएको हो। सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठले र आस्ट्रल कम्प्युटर्स नेपालको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरे |

सो सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा एप्पलका उत्पादन किन्दा ६ हजारसम्म नगद तथा ७ हजार सम्मका सामान प्राप्त गर्न सक्छन् |

बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता (इएआइ) भुक्तानी गर्न सक्नेछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!