यस्तो छ आज मलेसिया,दुबई,कतार लगायत विदेशी मुद्राको विनिमय दर

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ |

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै, मलेसियन रिंगिट आज १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकेको छ ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०७ रुपैयाँ ४६ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!