बैतडीमा अज्ञात समूहद्वारा एक सहकारी संस्था तोडफोड

Posted on: 01 Mar, 2020

फागुन १८, बैतडी | बैतडीमा एक  सहकारी संस्थामा अज्ञात समूहले तोडफोड गरेको छ |  जिल्लाको सिगास गाउँपालिका– ९ मा रहेको लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले शनिबार राति तोडफोड गरेको हो |

सहकारीको मुल ढोका तोडफोड गरी संस्था भित्रका कागजात चोर्नुका साथै कुर्सी, फर्निचर, लगायतका सामाग्री तोडफोड गरेको सहकारीकी व्यवस्थापक भागरथी अवस्थीले बताएकी छिन् | सहकारी संस्थामा करिब २ लाख बराबरको क्षति भएकोउनको भनाई छ |

 यसअघि पनि सहकारी तोडफोड भएको अवस्थीले बताइन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!