अमेरिकामा कामदार भिसाका लागि आजदेखि आवेदन सुरु,कसरी दिने ? हेर्नुहोस भिडियो

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाडौं | अब अमेरिकाले पनि कामदार भिसा खुलाएको छ | कामदार भिसाका लागि एचवान बीमा अमेरिका जान अनलाइन दर्ता प्रणाली खुल्ला भएको हो | मार्च १ आज देखि खुल्ला भएको उक्त अनलाईन प्रणाली मार्च २० सम्म हुने युएससीले जनाएको छ |

आर्थिक वर्ष २०२१ का लागि खुलेको सो कामदार भिसाका लागि तोकिएको अवधिभित्र विश्वभरबाट अनलाईन आवेदन दिन  सकिने  युएससीआईएसले जनाएको छ | फर्म दर्ताका लागि १० डलर शुल्क लाग्नेछ | लोटरी प्रणालीबाट छनौट गरेर मार्चको ३१ सम्म छनौट हुनेछन् |

आवेदकले युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नु पर्नेछ । छनौट भएका आवेदन उपरमात्र आवेदकले एचवान बी भिसाका लागि प्रक्रिया अगाडी बढ्न सक्नेछ । यी प्रक्रिया पूरा गरेको खण्डमा कामदारले भिसा प्राप्त गर्न सक्नेछ |

अमेरिकाले कामदार भिसामा पहिलो पटक भिसाका लागि अनुमति दिएको हो । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि नयाँ प्रक्रिया थालनी हुने भएको हो । उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत फारम भर्न पाउने भएका छन् |

६५ हजारको कोटा ब्याचलर डिग्री गरेका र अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजार कोटा रहेको छ | त्यस्तै अमेरिकामा मास्टर्स डिग्री गरेकाले पनि ६५ हजारको कोटामा समेत भाग लिन पाउने व्यवस्था रहेको छ |

आवेदन दिने यस्तो छ तरिका हेर्नुहाेस् भिडियाे:-


यस बिषयमा तपाइको प्रतिक्रिया...!