कारोबार सुरु भएको २० मिनेटमै सेयर बजार ३६ अंकले घट्यो

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौं | आज सेयर बजारमा कारोबार भएदेखि नै गिरावट आएको छ | कारोबार सुरु भएको २० मिनेटको अवधिमा नेप्से मापन गर्ने सूचक ३६.३३ अंकले घटेर १५५०.०३ बिन्दुमा रोकिएको छ |

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.२३ अंकले घटेर ३३२.४० बिन्दुमा रोकिएको छ |

१३० कम्पनीको ६ लाख ६० हजार २५० कित्ता सेयर २९ करोड ५१ लाख ३९ हजार ७८७ रुपैयाँको सेयर किनबेच भएको छ । 

कारोबार सुरु भएको २० मिनेटसम्म सबै समूहको उपसूचकमा निकै गिरावट देखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!