हिमालय एयरलाइन्सले बेइजिङ र ल्हासा उडाउने नयाँ जहाज ल्याउँदै

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौँ | काठमाडौंबाट चीनको राजधानी बेइजिङ र तीब्बतको ल्हासा उडान गर्नका लागि हिमालय एयरलाइन्सले नयाँ जहाज खरिद गर्न भएको छ | एयरबसको ए३१९ जहाज आज आइपुग्ने एयरलाइन्सले बताएको छ |

उक्त जहाज कम्पनीबाट सिधै खरिद गरिएको नयाँ जहाज भएको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठले जनाएका छन | आज आउने जहाजसहति हिमालयसँग एयरबसका चार ओटा न्यरोबडी जहाज छन् | यसअघि एयरलाइन्ससँग एयरबसकै ए३२० फेमलीका ३ जहाज छन् |

अब हिमालयले थप दुई जहाज खरिदका लागि सरकारसँग अनुमति माग गरेको छ | कोरोना भाइरसको संक्रमणले उडान प्रभावित भएपछि बाँकी दुई जहाज ल्याउने प्रक्रिया भने केही ढिला भएको बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!