नेपाल टेलिकमले ल्यायो यस्तो अफर,प्रतिएमबी ५ पैसामै डाटा

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौं | नेपाल टेलिकमले लार्ज डाटा प्याक ल्याएको छ | यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइने र तुलनात्मक रुपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ | कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ |

३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ भने,यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ रहेकोछ | त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्ने टेलिकमले जनाएको छ |

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *1415*1*7# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिने टेलिकमले जनाएको छ |

एसएमएस पठाएर पनि यी प्याकहरु सब्स्क्राइब गर्न सकिन्छ | यसका लागि DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने हुन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!