आज सुनको मूल्य बढ्यो

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौं | आज फेरी सुनको मूल्य बढेको छ | सोमबारको तुलनामा रु ३ सयले बढेर मंगलबार प्रतितोला छापावाल सुनको मूल्य ७८ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ | यस अघि आकासिएको सुनको प्रतितोला ८० हजार ३ सयमा कारोबार भएको थियो | पछिल्लो केहिदिन घट्दै गरेको सुनको भाउ फेरी बढेको हो | त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको छ |

विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावका कारण सुनको मूल्य बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!