ज्वरो आए यात्रा नगर्न बुद्ध एयरको आग्रह,भाडा फिर्ता गरिने

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौं | निजि क्षेत्रको लगानीमा संचालित नेपालको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बूद्ध एयरले ज्वरो आएमा यात्रा नगर्न आग्रह गरेको छ | कम्पनीले कोरोना भाइरसको मूख्य लक्षण रुघाखोकी र ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउने आग्रह गरेको हो |

यस्तो लक्षण देखीय यात्रा रद्द गर्न कम्पनिले भनेको छ | टिकट रद्द गरेवापत नियमअनुसार भाडा फिर्ता गरिने बताइएको छ | ‘कोरोना भाइरसको प्रकोप संसारभरी नै फैलिरहेको छ,’ कम्पनीले भनेको छ, ‘यसका लागि हामी सबैले सावधान अपनाउनै पर्छ, तसर्थ कोरोनाको मूख्य लक्ष्य रुघाखोकी तथा ज्वरो आएका व्यक्ति र आफन्तजनले हवाई यात्रा तथा विमानस्थलमा नगइदिनुहुन अनुरोध गर्दछौं ।’

कोरोना भाइरसको संक्रमणबाट बच्न विमान स्थलले पनि अत्यावश्यक काम बाहेक विमानस्थलमा अनाउँन अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!