त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक विमान अवतरण

Posted on: 05 Mar, 2020

फागुन २२, काठमाडौं | काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ | 

बिहीबार बिहान उक्त विमानको इन्डिकेटरमा समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको हो |इन्डिकेटरमा समस्या देखिएकाले विमान आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए |

अवतरणपछि विमानको प्राविधिक परीक्षण गरिएको र विमानमा खराबी नदेखिएपछि गन्तव्य तर्फ उडेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!