सुनको मूल्य अहिले सम्मकै उच्च,प्रतितोला १८ सयले बढ्यो

Posted on: 06 Mar, 2020

फागुन २३, काठमाडौँ | विश्व बजारमा कोरोनाभाइरसको प्रभावका कारण सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ | शुक्रबार मात्रै प्रतितोला रु १८ सयले बढेर हाल सम्मकै उच्च मूल्य कायम भएको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ८२ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २ सय कायम भएको छ | शुक्रबार चाँदीको मूल्य पनि बढेको छ | बिहीबारको तुलनामा रु १० ले बढेर प्रतितोला ८ सय ९० मा कारोबार भइरहेको छ | लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिले जनाएको छ |

यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ | लगातार आकासिएको सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!