अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घट्यो

Posted on: 09 Mar, 2020

फागुन २६, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ | साउदी अरब र रुसबीच उत्पन्न तनावको कारण पेट्रोलियम पदार्थको मूल्य घटेको हो | यो सन् २०१६ फ्रेबुअरी यताकै न्यून मूल्य हो । तेलको मूल्य एकैपटक यसरी घटेको सन् १९९१ को गल्फ वारपछि हाल हो |

तेल उत्पादक देशहरुको संगठन ओपेकको सदस्य रुस छैन | साउदी अरबले रुससँग उत्पादन घटाउने प्रस्ताव गरेको छ | साउदीले राखेको प्रस्ताव रुसले नमानेपछि साउदी अरबले कच्चा तेल खरिदमा छुट दिने र कच्चा तेलको उत्पादन समेत बढाउने घोषणा गरेको थियो | 

ओपेक देश र रुसबीचको तेलको युद्दले यसको मूल्य अझै घट्ने अनुमान गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् | यता नेपालले भने भारतीय आयल निगमसँग खरिद गरेर पेट्रोलियम पदार्थको आयात गर्ने गरको छ |

जसको मूल्य हरेक १५ दिनमा परिवर्तन हुन्छ | यस आधारमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमान गर्न सकिन्छ । सरकारले भने पेट्रोलियम पदार्थमा अत्याधिक कर लगाउने गरेको छ | चालु आर्थिक वर्षमा नै लक्ष्य अनुसार कर नउठेपछि १ लिटरमा ५ रुपैयाँको दरले लगाउदै आएको पूर्वाधार करलाई १० रुपैयाँ आर्थिक वर्षको बिचमा पुर्याइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!