नेपाल एयरलाइन्सले गर्यो कतारको उडान स्थगित,टिकट काटेका यात्रुले पैसा फिर्ता पाउने

Posted on: 10 Mar, 2020

फागुन २७, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण फैलिदै गएपछि नेपाल एयरलाइन्सले पनि कतारको दोहामा गर्दै आएको उडान स्थगित गरेको छ | कोरोनाभाइरसबाट बच्नकालागि आवश्यक पुर्व सतर्कता अनुरुप कतारले नेपाल सहित १४ देशका नागरिकहरुलाई प्रवेशमा रोक लगाएको छ |

योसंगै नेपाल एयरलाइन्सले मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान स्थगित गरेको हो | यसअघि दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइइन्सले समेत उडान स्थगित गरेको थियो | सरकारले हाललाई कतारको श्रम स्विकृति पनि स्थगित गरेको छ | 

त्यस्तै वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका  प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले जानकारी दिए |

नेपालीहरु पनि हाल कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरिएको नेपाल एयरलाइन्सले जनाएको छ | कतारको लागि २६ फागुन २०७६ भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै पाउने भएका छन् |

नेपाल एयरलाइन्सले दोहामा दैनिक एक उडान गर्दै आएको थियो |  टिकटको उडानको मिति २ पटक सम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!