सुनको मूल्य घट्यो

Posted on: 11 Mar, 2020

फागुन २८, काठमाडौँ | बिहिबार सुनको मूल्य घटेको छ | मंगलबारको तुलनामा रु ४ सयले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार कायम भएको छ | यस अघि फागुन २० गते ७८ हजार ३ सयमा कारोबार भएको सुन एकै चोटि रु २२ सयले बढेर २१ गते ८० हजार ५ सयमा कारोबार भएको थियो | त्यस्तै २२ गते प्रतितोला ३ सयले बढेर ८० हजार ७ सयमा कारोबार भयो,भने २३ गते प्रतितोला १८ सयले बढेर ८२ हजार ५ सयमा कारोबार भयो | त्यस्तै मंगलबार सुनको मूल्य बढेर ८२ हजार ७ सयमा कारोबार भएको थियो | जुन हाल सम्मकै उच्च हो | उक्त मूल्यमा  बुधबार भने केहि गिरावट आएको छ |

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा रु १० घटेर प्रतितोला रु ८ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ | विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा सुनको मूल्य आकासिदै गएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!