सरकारले दियो टुटल र पठाओलाई यस्तो चेतावनी

Posted on: 11 Mar, 2020

फागुन २८, काठमाडौं | सरकारले विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधहरुलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ | यातायात व्यवस्था विभागले मंगलबार सुचना जारी गर्दै विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले कानूनको उल्लंघन गरी भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको हो |

सवारी यातायात व्यवस्था ऐन २०४९को दफा १२को उपदफा १ मा कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अन्य प्रयोजनमा उपयोग गर्न नपाइने व्यवस्था छ | कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अन्य प्रयोजनमा प्रयोग गर्दा उक्त व्यवस्था विपरित हुने भएकाले उक्त कार्य गरेमा कानुन बमोजिम कारबाही हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ |


‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीमा भाडामा यात्रु बोक्नु गैरकानूनी हो |' विभागले जारी गरेको सूचनामा भनिएको छ,'ऐनको दफा ८ को उपदफा २ मा एउटा प्रयोजनका लागि दर्ता भएका कुनै पनि सवारी अर्को प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था छ |'

बुधबार ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेका थिए | उक्त दबावपछि विभागले सूचना जारी गर्दै यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो |

निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारी साधन टुटल र पठाओ जस्ता मोबाइल एपमार्फत सेवा प्रदान गर्ने कम्पनीले सार्वजनिक यातायातको रुपमा सेवा दिइरहेका छन् | यधपी विभागले सूचनामा टुटल र पठाओ नाम उल्लेख भने गरेको छैन |

विभागले टुटल तथा पठाओको सेवा रोक्ने उद्धेष्यले जारी गरेको गरेको सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोक्दै आएको टुटल, पठाओको मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछ |

यस्तै विभागले आफनो निर्णय कार्यान्वयन भए नभएको बारेमा माताहत निकाय र अन्य सम्वन्धित् निकायबाट कडाईका साथ अनुगमन गरिने चेतावनी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!