कम्पनी रजिष्ट्रारका नासु र लेखापरीक्षक घुससहित पक्राउ

Posted on: 12 Mar, 2020

फागुन २९, काठमाडौँ | कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ | अख्तियारले बुधबार कार्यालयमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने क्रममापक्राउ गरेको हो |

नायब सुब्बा पन्थीले अभिलेख अध्यावधिक गर्नका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो | सोही अनुसन्धानबाट टंगालबाट खटिएको टोलीले नायब सुब्बा पन्थी र लेखापरीक्षक श्रेष्ठबीच पाँच हजार लिने/दिने क्रममा रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ |

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!