कैलाश विकास र प्राइम बैंकले थाल्य एकीकृत कारोबार

Posted on: 12 Mar, 2020

फागुन २९, काठमाडौँ | प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक एक भई संयुक्त कारोबार थालेका छन् | बिहीबार काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारिक घोषणा गरेको हो |

गत असार २० गते भएको सम्झौताअनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो | प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको छ |

एकीकृत कारोबारको औपचारिक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताए | उनले कैलाश विकास बैंकलाई प्राप्ती गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताए |

मर्जपछि बैंकको शाखा संख्या १ सय ९९ पुगेको छ  |त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!