एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर',यसरि सुचारु गर्नुस

Posted on: 13 Mar, 2020

 फागुन ३०, काठमाण्डाै । एनसेलले 'कस्टमर लोयल्टी' कार्यक्रमअन्तर्गत 'कल आयो पैसा पायो’ अफर अझ बढी बोनसका साथ यो वर्ष पनि ल्याएको छ ।

ग्राहकले यस योजनाअन्तर्गत अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्याेभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नेछन् ।  

 गएकाे बुधबारदेखि यो अफर लागु भएको छ र तीन महिनासम्म कायम रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँका दरले बोनस पाउँछन् ।अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् ।    

ग्राहकले प्राप्त गरेकाे बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सक्नेछन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ ।

यो योजना एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यसैगरी ग्राहकले अङ्ग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!