हिमालय एयरलाइन्सले गर्यो साउदीको उडान स्थगित

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौं | नजी लगानी द्वारा संचालित वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरवको उडान स्थगित गरेको छ | विश्व्यापीरुपमा कोरोनाभाइरस(कोभिड-१९)को महामारी फैलिएसंगै  एयरलाइन्सले साउदी अरवको उडान स्थगित गरेको हो |

साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा प्रतिबन्ध लगाएको छ | त्यस्तै नेपालबाट हिमालय  एयरलाइन्सले मात्रै उडान गरिरहेको भएपनि दुई साताका लागि सबै उडान स्थगित गरेको छ | 

टिकट लिइसकेका यात्रुले भने एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने भएका छन | त्यस्तै  कतारको दोहाबाट समेत हिमालयले उडान रद्द गरेको छ | भने चीनका पाँचवटै गन्तब्यको उडान समेत स्थगित गरेको छ | 

पछिल्लो समय नेपाली कामदारहरु रहेका खाडी मुलुकहरुमा कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!