मलेसियाको,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 15 Mar, 2020

फागुन ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ७६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ८१ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१२ रुपैया ४९ पैसा रहेको छ भने बिक्रीदर ३१४ रुपैया ८ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८३ रुपैया ४३ पैसा रहेको छ भने बिक्रीदर ३८५ रुपैया ३८ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!