एन आई सी एसिया बैंकका ग्रहाकलाई होटलमा २० प्रतिशत छुट

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौं | एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ | बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् |

उक्त समझदारीबमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षका लागि लागू हुनेछन् |

यसैगरी बैंकका ग्राहकले देशभरका २ हजार ४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!