‘ह्वावे वाई सेभेन पी’ स्मार्ट फोन नेपाली बजारमा,यस्तो छ मूल्य र फिचर्स

Posted on: 15 Mar, 2020

चैत २, काठमाडौँ | वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ‘ह्वावे वाई सेभेन पी’ नेपाली बजारमा सार्वजनिक भएको छ | फोनमा ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा जडान गरिएको छ |

भने २ एमपीको डेप्थ असिस्ट क्यामरा रहेको छ, ८ एमपी फ्रन्ट क्यामरा जडान गरिएको छ | 

(क्लासिक मिडनाइट ब्ल्याक) र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा यो स्मार्टफोन उपलब्ध छ | ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको यस फोनको मूल्य नेपाली बजारमा २३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ | ह्वावे वाई सेभेन पी आकर्षक पन्च फूल भ्यू डिस्प्ले ६.३९ इन्च जडित छ |

किरिन ७१० एफमा आधारित रहेको प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.Þ१ ह्वावे वाई सेभेन पीमा एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव हुन्छ |

यसमा ४ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ |

४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा छ | भने फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू र एआई सिन रेक्गनिशन रहेको छ | त्यस्तै ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड

वाइड एपर्चर इफेक्टहरू,फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा,४ हजार एमएएचको ठूलो ब्याट्री,फुल सिन एक्सलरेसन,४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज,फेस अनलक २.०,आई कमर्फट मोड,डुअल सिम तथा ५१२, जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!