काठमाडौँको सतुङ्गलबाट लुकाइराखेको ६ लाख मास्क बरामद

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौँ | प्रहरीले काठमाडौँको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ | चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो | यसअघि आइतबार कपनबाट १ लाख ६८ हजार थान मास्क बरामद गरिएको थियो |

स्थानीयले सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि प्रशासनले सिलबन्दी गरेको थियो | यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)का कारण बजारमा मास्कको निकै अभाव भइरहेको छ |

यस अघि पनि विभिन्न फार्मेसीले महंगो मूल्यमा मास्क बेचेको भन्दै सरकारले जरिवाना तिराएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!