कोरियन एयरले गर्यो नेपाल उडानमा कटौती, सातामा एक दिनमात्रै

Posted on: 17 Mar, 2020

चैत ४ , काठमाडौं | कोरोनाभाइरसका कारण कोरियन एयरले नेपाल उडानमा कटौती गरेको छ |  साताको चार उडान गर्दै आएको कम्पनीले अब साताको एक उडान मात्र गर्ने भएको  हो |

सोमबारदेखि लागू हुने गरी मार्च महिनाभर कोरियन एयरले उडान कटौती गर्ने निर्णय गरेको हो | सोमबार हुने उडानबाहेक ६ वटा उडान रद्द गरेको छ | कोरोना भाइरसविरुद्ध नेपाल सरकारले ल्याएको नीतिलाई सहयोग गर्न र अत्यन्तै कम बुकिङ रेटका कारण उडान रद्द गर्नु परेको कम्पनीले  जनाएको छ |

टिकट काटिसकेका यात्रुले बीना कुनै जरिवाना टिकट रद्द वा उडान मिति सार्न सक्ने  छन् । सातामा एक उडान भने नेपाली यात्रुको सुविधाका लागि निरन्तरता दिइएको कम्पनीको भनाई छ |

कम्पनीले सोमबार, मंगलबार, शुक्रबार र शनिबार उडान गरिरहेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!