यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ५४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ५९ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१३ रुपैया ८० पैसा रहेको छ भने बिक्रीदर ३१५ रुपैया ३९ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८२ रुपैया ६६ पैसा रहेको छ भने बिक्रीदर ३८४ रुपैया ६० पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!