नेपाल एयरलाइन्सद्वारा मलेसिया उडान स्थगित

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौँ | नेपाल एयरलाइन्सले मलेसिया उडान रोकेको छ | मलेसिया सरकारले विदेशी कामदारलाई प्रवेश निषेध गरेसँगै नेपाल एयरलाइन्सले उडान स्थगन गरेको हो | यस्तै नेपालबाट उडान गर्ने हिमालय एयरलाइन्सले पनि काठमाडौं-क्वालालम्पुर उडान स्थगन गरेको छ |

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान मंगलबारदेखि अर्को सूचना नआएसम्का लागि भन्दै नेपाल एयरलाइन्सले उडान स्थगन गरेको छ |

एयरलाइन्सले मंगलबारभन्दा पछाडिका लागि टिकट बुक गराएकालाई पुरै पैसा फिर्ता दिने तथा निशुल्क मिति सार्नसक्ने सुविधा दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!