काठमाडौँको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद

Posted on: 18 Mar, 2020

चैत ५, काठमाडौं | काठमाडौँको सानो भर्‍यााङबाट १० लाख मास्क बरामद गरिएको छ | विश्वभरी फैलिएको कोरोनाभाइरसकै त्रासका बिच कालोबजारी हुनेगरेको गुनासो बढेसंगै प्रहरीले तीव्र अप्रेसन चलाएको हो |

बुधबार महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सो परिमाणको मास्क बरामद गरेको छ | गोरखाका युवराज न्यौपाने पक्राउ परेको  महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए | 

यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो  | महान्यायाधीवक्ताको कार्यालयले बरामद मास्क तत्काल प्रक्रिया पुर्याएर बिक्रीवितरण गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ |

कोरोनाभाइरसको त्रासका बिच बजारमा मास्कको माग बढेसंगै कालोबजारी र अभाव देखएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!