उपत्यकाबाट बाहिरिने यात्रुहरुसँग बढी भाडा अशुल्ने २३ जना पक्राउ

Posted on: 20 Mar, 2020

चैत ७, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण सबै तिर त्रास बढेको छ | सरकारले उच्च सतर्कता अप्नाउन आग्रह गरेसँगै उपत्यकाबाट घर जानेक्रम तिब्र बढेको छ | काठमाडौँबाट बाहिरिने यात्रुको भीड लागेको छ भने सवारी साधनको पनि उस्तै चाप छ |

कोरोनाभाइरस त्रासको मौकाछोपी कालोबजारी निकै बढेको छ | सरकारले यस्तो बेला कालोबजारी गर्ने बिरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ | तर सरकारको निर्देशनलाई वेवास्था गर्दै यातायात व्यवसायीहरुले यासत्रुहरुबाट चर्को रकम अशुली रहेका छन् |

सोही क्रममा यातायात व्यवसायीहरुले तोकेभन्दा बढी भाडा लिने  २३ जना पक्राउ परेका छन् | बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साहलगायत २३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् |

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!