२४ घण्टामा १५ शैयाको कोरोना अस्पताल

Posted on: 25 Mar, 2020


शिला पाण्डे÷पर्वत । कुश्मा नगरपालिकाले २४ घण्टामा १५ शैयाको कोरोना अस्पताल निर्माण गरेको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवनलाई नगरपालिकाले अस्थायी कोरोना अस्पतालका रुपमा परिणत गरेको हो ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट कुनै व्यक्तिलाई्र संक्रमण देखिएमा उक्त क्वारेनटाइनमा राख्ने गरी अग्रिम सर्तकतासहित क्वारेनटाइन बनाइएको नगरपालिकाका मेयर रामचन्द्र जोशीले बताए । 

उक्त क्वारेनटाइन निर्माणको लागि ५० लाख खर्च गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा रहेका सबै स्थानीय तहसँग समन्वय गरेर बस्तीभन्दा टाढा रहेको क्याम्पसलाई क्यारेनटाइनमा परिणत गरिएको नगरपालिकाले जनाएको छ ।

यता जिल्ला प्रशासनले चैत २१ गतेसम्मका लागि कुश्माबजारका अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न र कामकारवाही नगर्न निर्देशनसहित विज्ञप्ती निकालेको छ । जिल्ला प्रशासनमा विपद व्यवस्थापनबाहेका अन्य कामहरु बन्द रहने जनाएको छ । साथै जिल्लामा भित्रिने लामो दुरीका यातयात पनि बन्द गरिने जनाएको छ ।

जिल्ला भित्रिने सवारी साधनलाई कडाइका साथ चेकजाँच गरिनुका साथै कुनै संकास्पत व्यक्ति भेटिए क्वारेनटाइनमा राखिने व्यवस्था मिलाइएको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!