चैत मसान्तसम्म जीवन बीमा शुल्क संकलन नगर्न बीमा समितिको निर्देशन

Posted on: 26 Mar, 2020

चैत्र १३, काठमाडौं ।  बीमा समितिले बीमा कम्पनीहरुलाई चैत मसान्तसम्म जीवन बीमा शुल्क संकलन कार्य नगर्न निर्देशन दिएको छ । कोरोना भाइसरको संक्रमण अवधि तत्काल यकिन गर्न नसकिने जनाउंदै समितिले जीवन बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भएपछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो । 

सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा उक्त अवधि भरका लागि संक्रमणबाट सजग रही बीमा कम्पनीहरुले न्यूनतम सेवालाई निरन्तरता दिनुका साथै कम्पनीहरुबाट दिने सेवाहरु विभिन्न सञ्चार माध्यमलगायत समाजिक सञ्जालमार्फत जानकारी गराउन समितिले अनुरोध गरेको छ। 

बीमा अवधि समाप्त भएको बीमा लेखको हकमा सम्बन्धित बीमितले विद्युतीय माध्यमबाट अनुरोध गरी नवीकरण गराउन सक्ने भएका छन् । अभिकर्ता इजाजतपत्र नवीकरण गर्नको लागि बीमा कम्पनी मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं.०११००१३०११००१ मा चैत मसान्त भित्र शुल्क जम्मा गरेमा जरिवाना नलाग्ने समितिले जनाएको छ। 

सर्भेयर इजाजतपत्र नवीकरण गर्नको लागि समितिको नबिल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ माचैत्र मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा पनि जरिवाना नलाग्ने व्यवस्था गरिएको छ। 

निर्जीवन बीमा कम्पनीले तत्काल उत्पन्न हुने दाबी भुक्तानीका लागि बिद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाइ क्षति यकिन गरी दाबी भुक्तानी गर्न सक्ने छन्। 

जीवन बीमा कम्पनीले अवधि समाप्तिपछिको बीमा रकम बिद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्नेब्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले बिद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दाबी भुक्तानी गर्न समितिले निर्देशन दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!