सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने

Posted on: 29 Mar, 2020

चैत १६, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैतको रकम सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री र संचारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । 

हाल सामाजिक सुरक्षा कोषमा १२ हजार ३१५ रोजगारदाता र १ लाख ५३ हजार २७० योगदानकर्ता आबद्ध छन् ।  उनीहरूबाट हालसम्म कुल ८६ करोड ९९ लाख रुपैयाँ रकम संकलन भइसकेको सामाजिक सुरक्षा कोषले जनाएको छ । 

लकडाउनका कारण रोजगारदाता र योगदानकर्ता दुवैको ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सरकारले उनीहरुको एक महिना बराबरको ३१ प्रतिशत रकम कोषमा जम्मा गरिदिन लागेको उनले जानकारी दिए । कोषमा हाल श्रमिकको पारिश्रमिकको २० प्रतिशत रोजगारदाताको तर्फबाट र कर्मचारीको तर्फबाट ११ गरी ३१ प्रतिशत रकम जम्मा हुँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!