लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट

Posted on: 29 Mar, 2020

चैत १७, काठमाडौँ | लकडाउन अवधिभर इन्टरनेट र भ्वाइस सेवामा २५ प्रतिशत छुट दिन सरकारले टेलिकम सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

यस्तै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले पनि यस्तो छुट सुविधा दिनुपर्ने सरकारका प्रवक्ता तथा अर्थ मन्त्री युवराज खतिवडाले जानकारी दिए । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!