असहज राजनैतिक वातावरण विनियोजित खर्चको बाधक

Posted on: 18 Jul, 2016


प्रभात सुवेदी । साउन ३,बर्दिया । देशको असहज वातावरण र अस्थिर राजनैतिक अवस्थाका कारण विनियोजित वजेट पूर्ण रुपमा खर्च हुन नसकेको आइतबार सदरमुकाममा कोष तथा लेखा नियन्त्रक कार्यालयको आ.व. २०७२/७३ को वजेट तथा खर्च सार्वजनिकीकरण कार्यक्रममा औंल्याइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारीले विनियोजित रकम खर्चका लगि सबैको सकारात्मक सहयोग आवश्यक पर्ने कुरा बताउनुभयो । 

आ.व. २०७२/०७३ मा कोलेनिका अन्तर्गत  कूल विनियोजित जिल्लाको चालू तर्फ रकम रु ३ सय १६ करोड मध्ये रु. २ सय ८९ करोड खर्च भई कूल ९१.५४ प्रतिशत खर्च भएको कार्यालय प्रमुख शिवराम भट्टराईले बताउनुभयो । यसैगरी पुजीँगततर्फ विनियोजित रू. २०४ करोडमध्ये रू. १८६ करोड रकम खर्च भएको अर्थात ९०.२९ प्रतिशत खर्च भएको वहाँले बताउनुभयो । 

कूल विनियोजित बजेटतर्फ रू. ५२० करोड मध्ये ९१.२९ प्रतिशत अर्थात रू. ४७५ करोड खर्च भएको जानकारी गराइएको हो । यसैगरी राजश्व यस आ.व. मा राजश्व रकम असुली २२.८२ प्रतिशतले वृद्धि अर्थात रू. ५.३५ करोड वृद्धि भई रू. २८.७९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । जुन असुली अघिल्लो आ.व. मा २३.४४ करोड रहेको थियो । कुल खर्च रकम राजश्वको तुलनामा १६४९ प्रतिशतले बढी रहेको र राजश्व र पुँजीगत खर्चको तुलना ६४६ प्रतिशतले बढी रहेको बताइएको छ ।

विनियोजित रकमको ८० प्रतिशत खर्च भएमा राम्रो मानिनेभएकोले खर्चको सूचकमा बर्दिया जिल्लाको अत्यन्तै सन्तोषजनक मान्न सकिने र यसलाई अझ सतप्रतिशतमा लैजान सबैको सहयोगको अपेक्षा गरिएको छ । देशको विषम परिस्थितीका बावजुद पनि कूल खर्च ९१.२९ प्रतिशत ह्ुनु भनेको अत्यन्तै राम्रो रहेको र खर्च अनुसार विकास तथा अन्य आयोजनाहरुको निर्माणको गुणस्तरीयता हुनु पर्नेमा सरोकारवालाहरुको राय रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!