डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

Posted on: 01 Apr, 2020

चैत १९, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने पेट्रोल र डिजल/मटितेलको मूल्य घटाएको हो । 

निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँले मूल्य घटाएको छ । एलपीजी ग्यासको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ८५ रुपैयाँ, पेट्रोल ९६ रुपैयाँ प्रतिलिटर प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव तथा साउदी अरेयिबा र एसियाबीचको तेलको मूल्यमा भएको होडबाजीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!