पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ४० कित्तासम्म आवेदन दिने सबैले पाए सेयर

Posted on: 08 Apr, 2020

चैत्र २६, काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडद्वारा जारी गरिएको साधारण सेयर (आइपीओ) बाँडफाँड गरिएको छ ।  कुल ३ लाख ९० हजार ६३८ जना आवेदकले कम्पनीको सेयर पाएका छन्। 

साधारण सेययरका लागि तीन लाख ९१ हजार ६२६ जनाले आवेदन दिएका थिए । करिब एक हजारको आवेदन रित नपुगेकाले रद्द गरिएको छ। ४० कित्तासम्म आवेदन दिने सबैले सेयर पाएका छन्। 


बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार, २७७४८ जनाले १० कित्ता, १५५९० जनाले २० कित्ता, १२७२३ जनाले ३० कित्ता र २०९२९ जनाले ४० कित्ता सेयर पाएका छन्। कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म साधारण सेयर निष्कासन गरेको थियो । १०० रुपैयाँ अंकित दरका एक अर्ब ६० करोड रुपैयाँको सेयर निष्कासन गरिएको थियो। 

आरबीबी मर्चेन्टका अनुसार ५० कित्ताभन्दा बढी सेयर माग गर्ने तीन लाख १३ हजार छ सय ४८ जनाले ४० कित्ता पाएका छन् । बाँकी ७७ हजार दुई सय ४५ जना आवेदकलाई गोलाप्रथाबाट अधिकतम ५० कित्ता सेयर वितरण गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!