सल्यान मालपोतमा पौने २ करोड बढी राजस्व संकलन

Posted on: 18 Jul, 2016

नविन रावत, साउन ३, सल्यान । यस बर्ष मालपोत कार्यालय सल्यानबाट १ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ राजस्व जम्मा भएको छ । विभिन्न शुल्क तथा दस्तुर वापत आएको रकम जिल्ला विकास समिति, नगरपालिका र राजस्व कार्यालयमा पठाइनेछ ।

सल्यान मालपोतमा घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ६७ लाख १ हजार २४, रातो पुर्जा विक्रिबाट ७५ हजार ७ सय ७५, न्यायिक दस्तुर दण्ड जरिवानाबाट ४ हजार ९ सय ५०, रोक्का दस्तुर ४ लाख ४५ हजार ३० र सेवा शुल्कबाट ३ लाख २१ हजार ४ सय ७१ रकम जम्मा भएको जिल्ला मालपोत अधिकृत हेमराज शर्माले जनाएका छन ।

मालपोतमा जम्मा भएको रकम जिल्ला विकास समितिमा ६३ लाख २४ हजार ५ सय ८३, नगरपालिकामा ७८ लाख ६६ हजार २ सय ८० र ३३ लाख ५७ हजार ३ सय ८६ रुपैयाँ आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ ।

गत बर्ष भन्दा यसबर्ष राजस्व संकलनमा वृद्धि भएको भन्दै अधिकृत शर्माले पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेका मात्रामा पनि वृद्धि भएको बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!