प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्व ६० करोड बजेट, आगामी वर्ष २ लाखलाई रोजगारी

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्व ६० करोड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा पस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको जानकारी दिए ।

सरकारले यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए । 

गतवर्ष सरकारले यो कर्यक्रम सञ्चालन गर्न रु ५ अर्ब १ करोड विनियोजन गरेको थियो तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण देशलकडाउन हुँदा यो कार्यक्रम सबै स्थानीय तहमा शुरु हुन सकेको छैन । सरकारले सय दिनको रोजगारी दिने घोषणा गरेपनि यस पटक पनि सय दिनको रोजगारी नपाउने निश्चित भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!