नेपाल वायुसेवा निगमको बिहीबार र शुक्रबार गर्ने भनिएको उडान स्थगित

Posted on: 03 Jun, 2020

जेठ २१, काठमाडौं । नेपाल वायुसेवा निगमका न्यारोबडी जहाजले हङकङका लागि बिहीबार र शुक्रबार गर्ने भनिएको उडान स्थगित भएको छ । आगामी ४ र ५ तारिखमा दुई/दुई न्यारोबडी हङकङ उडान गर्न बुकिङ भएपनि हाललाई स्थगित भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले साझा सवाललाई जानकारी दिइन् ।

हङकङको आग्रहमा नै अहिलेलाई उडान स्थगित गर्नुपर्नेको उनले जानकारी दिइन्  । स्थगित भएको उडान अब कहिले हुने भन्नेबारे छिट्टै जानकारी गराइने उनको भनाई छ ।

हङकङस्थित नेपालको वाणिज्य दूतावाससँग सहकार्य गरी हङकङ सरकारले नेपालमा फसेका हङकङ नागरिक फिर्ता लैजाने भएपछि निगमका जहाजले उडान गर्न लागेका थिए । उनका अनुसार जहाजबाट हङकङमा बसोबास गर्ने नेपाली फर्किन लागेका हुन् ।

एउटा न्यारोबडीमा बच्चाबाहेक १ सय ५८ जना नागरिक यात्रा गर्न सक्छन् । चार न्यारोबडीमार्फत ६ सय ३२ जना यो हप्ता नै हङकङ फर्किन सक्नेछन् । यसअघि सोमबार राति निगमको दुई न्यारोबडी र एक वाइडबडी विमानमा ५ सय ८० बढी नागरिक फर्किसकेका छन्। उनीहरुले न्यारोबडीमा ८५ हजार र वाइडबडीमा १ लाख भाडा तिरी फर्किएका हुन्।

विद्यालय, विश्वविद्यालय, व्यापार/व्यवसाय र रोजगारीका लागि महंगो चार्टर्ड जहाजमा उनीहरु फर्किएका छन् । उनीहरु हङकङ फर्किएर १४ दिन क्वारेन्टिनमा बसी आफ्नो घर तथा काममा फर्किन पाउनेछन्।

नेपाल वायुसेवा निगमका जहाजले बिहीबार र शुक्रबार २/२ उडान गर्ने

यस बिषयमा तपाइको प्रतिक्रिया...!