दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उडाइने, अग्रिम बुकिङ खुल्ला

Posted on: 21 Jul, 2016

साउन ६, मकवानपुर | थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ ३० गतेदेखि असोज ९ गतेसम्म थाहा नगरको इन्द्रायणी चउरमा हुन लागेको दोस्रो थाहा महोत्सवमा हेलिकप्टर उड्ने पक्का पक्की भएको छ ।

हेलिकप्टर चढनको लागि संघले अग्रिम बुकिङ खुल्ला गरेको छ । हेलिकप्टरमा चढेर उत्तरी मकवानपुरको भ्रमण गराइने आयोजकले जानकारी दिएको छ । न्युनतम २०० जनाले हेलिकोप्टर चढ्ने अपेक्षा गरिएको छ । हेलिकप्टर चढनको लागि भने प्रति व्यक्ति रु. चार हजार पाँच सय रुपैंया शुल्क राखिएको छ । महोत्सवको तयारीका लागि आवश्यक स्टेरिङ कमिटी तथा उपसमितिहरुमा पदपुर्ति हुँदै गएको महासचिव प्रधानले बताउनुभयो । गत वर्ष भदौ २६ गतेदेखि असोज ४ गतेसम्म मकवानपुर उद्योग वाणिज्य संघ, उत्तरी क्षेत्र समितिको आयोजनामा पहिलो पटक थाहा महोत्सव सम्पन्न गरेको थियो । ‘अब आयोजना हुने दोस्रो थाहा महोत्सव अझ बढी व्यवस्थित र प्रभावकारी हुने आयोजकले जनाएको छ । 

अघिल्लो महोत्सवमा झैं यस पटक पनि थाहा आइडल, बोटिङ, वाल उद्यान, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ साथै यस पटक भने महोत्सवमा एकल नृत्य प्रतियोगिता पनि राखिएको महासचिव प्रधानले जानकारी दिनुभयो ।’ प्यारागलाइडिङको भने सम्भाव्यता अध्ययनबाट तत्कालै सम्भावना नरहेकोले आयोजकले यस पटक स्थगित गरेको छ । दोस्रो पटक हुने थाहा महोत्सवमा करिब ३ सय स्टल रहने गरी व्यवस्थापन गरिने थाहा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!