बाख्रालाई पिपिआर भ्याक्सिन

Posted on: 22 Jun, 2020

असार ८, तनहुँ । बन्दीपुर गाउँपालिका छ वटै वडामा बाख्रालाई पिपिआर (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो ।

गाउँपालिकामा बाख्रापालन व्यवसाय पछिल्लो समय फष्टाउँदै गएको छ ।  सुरक्षाको दृष्टिले पनि अग्रिम भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका पशु सेवा कार्यालयका प्रमुख प्राविधिक मधुविलास न्यौपानेले जानकारी दिनुभयो ।  यो रोग नेपालमा विसं २०५०/०५१ मा देखापरेको थियो । 

तीन महिनामाथिका बाख्रालाई भ्याक्सिन दिनुपर्ने व्यवस्था छ ।  करीब दश हजार बाख्रालाई भ्याक्सिन दिने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । जिल्लाका अन्य पालिकाले पनि बाख्रालाई पिपिआर भ्याक्सिन दिने तयारी भइहेको बताएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!