जुनीचाँदे गाउँपालिका : पूर्वाधार विकासमा उच्च प्राथमिकता

Posted on: 23 Jun, 2020

असार ९, जाजरकोट। जुनीचाँदे गाउँपालिकाले सडक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको छ । गाउँपालिकाका इञ्जिनीयर प्रेम केसीले सात सडक गाउँपालिका भित्र र  दुई अन्तर जिल्लालाई जोड्न गरी निर्माण जारी रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार पाती हाल्ला, कार्कीगाउँ गाजलपाका–ओलखोला, साना खोला–डाडाकोट, लुहादह–गर्खाकोट , फापर बैया–भैरव मावि , पञ्चाला चोत्राकोट–मेसु , पाती हाल्ला पञ्चाला–जुनी हुँदै जुम्ला, मेसु चुत्राकोट, नरमरा लुहादह मावि कोताङ हुँदै जुनी जुम्ला सडक निर्माण जारी रहेको छ । 

यसैगरी लामा तरा गर्खाकोट सडक निर्माण  शुरु भएको र  लामातरा वुद्धिडाडा स्तरउन्नतीको  शुरु गर्न लागिएको उहाँले बताउनुभयो ।  लकडाउनमा निर्माण जारी रहेको जनाइएको छ ।  

अघिल्लो वर्ष झण्डै ५० किलोमिटर सडक गाउँपालिकाले निर्माण गरेको गाउँपालिकाकी कार्यवहाक अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । आव २०७७÷७८ को नीति तथा कार्यक्रममा सडक, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!