सुस्ता गाउँपालिकाको कुल बजेट ६० करोड ९३ लाख

Posted on: 25 Jun, 2020

श्याम थापा | असार ११, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ का लागि कुल ६० करोड ९३ लाख ७६ हजार बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको सातौ गाउँ सभामा आर्थिक बर्ष ०७७/०७८ को लागि कुल बजेट ६० करोड ९३ लाख ७६ हजार बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले प्रशासनिक खर्च तर्फ करोड ५ करोड २५ लाख र चालु तथा पुजीगत खर्च तर्फ ५० करोड ४३ लाख ७६ हजार बराबरको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।

उपाध्यक्ष थरुनीले प्रस्तुत गरेको बजेटमा गाउँपालिकाले आन्तरिक श्रोतबाट ६५ लाख ३८ हजार र बाह्य तर्फ ६० करोड २८ लाख ३८ हजार रूपमा आम्दानी गर्ने अनुमान गरेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दिनु भयो ।

गाउँपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ३ करोड २ लाख ५० हजार बिनियोजन गरेको छ । जस अन्तर्गत आर्थिक बिकास तर्फ ३ करोड २ लाख ५० हजार,शिक्षा विकास तफ १ करोड २७ लाख ३० हजार, स्वास्थ्य तर्फ ४८ लाख ८५ हजार रुपैया छुट्टाएको छ । त्यस्तै कृषि विकासका लागि १ करोड ५६ लाख ५० हजार, पशु सेवा कार्यक्रम तर्फ ४७ लाख ५० हजार र पर्यटन तर्फ ३० लाख र सहकारी तथा उद्योग बाणिज्य तर्फ १९ लाख ५० हजार छुट्टाएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिनु भयो ।

त्यसैगरि पुर्वाधार बिकास तर्फ २१ करोड १ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा ७७ लाख र संस्थागत बिकास तथा शुशासन तर्फ १ करोड ८२ लाख २१ हजार रुपैया बिनियिजन गरिएको छ । गाउँपालिकाको सातौ गाउँ सभा योजना तथा प्रशासन शाखा अधिकृत बिष्णु प्रसाद ढकालले संचालन गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!