सुनको मूल्य तोलामा नै ७०० ले घट्यो

Posted on: 02 Jul, 2020

असार १८, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । 

यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!