सुनको मूल्य बढ्यो

Posted on: 07 Jul, 2020

असार २३, काठमाडौँ ।  सुनको भाउ आज एकैदिन तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलामा ९० हजार ९ सय रुपैयाँ तोकेको  छ । सुन हिजो तोलामा २ सय रुपैयाँ  घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन १७ सय ८६ डलरमा कारोबार भइरहेको महासंघका भाउ निर्धारण समितिका सयोजक तेजरत्न शाक्यले जानकारी दिए । हिजो अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १७ सय ७१ डलरमा  कारोबार भएको थियो । 

 चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!