रासस विराटनगरलाई प्रदेश सरकारबाट मोटरसाइकल

Posted on: 08 Jul, 2020

असार २४, विराटनगर । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले  राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं १ कार्यालय विराटनगरलाई १५० सिसीको एक थान पल्सर मोटरसाइकल आज प्रदान गरेको छ ।  मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र उपसचिव कमलबहादुर थापाले संयुक्त रुपमा रासस प्रदेश प्रमुख मोहम्मद सदरुललाई सो मोेटरसाइकलको साँचो हस्तारण गर्नुभयो ।


सत्यतथ्य समाचार पस्कने  राज्यको एक मात्र समाचार समिति राससलाई समयानुकूल सुदृढ, सबलीकरण र सक्षम बनाउने घोषणा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यसअघि गर्नुभएको थियो । मन्त्रालयले  गुणस्तरीय समाचार सङ्कलन एवं सम्प्रेषण गर्न सहयोग पुग्ने उद्देश्यले  राससमा आबद्ध प्रदेशस्तरका  ३३  समाचारदातालाई तीनदिने तालीम प्रदान गर्न सहयोग गर्नाका साथै  फर्निचर, क्यामेरा, ल्यापटप जस्ता सामग्री उपलब्ध गराइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!