आज सुनको भाउमा नयाँ रेकर्ड, हालसम्मकै महँगो

Posted on: 15 Jul, 2020

असार ३१, काठमाडौं । विश्वव्यापी कोरोना महामारीपछि केहि समय कारोबार ठप्प भएको सुनको भाउले नेपाली बजारमा हालसम्मकै उच्च रेकर्ड राखेको छ । 

बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हालसम्मकै सबैभन्दा महँगो हुँदा कारोबार भने घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको छ ।

मंगलबार ९२ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर एक हजार पाँच रुपैयाँ प्रतितोला पुगेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!